मान्छेको रुची पनि अचम्मकै हुन्छ । हुँदाहुँदा एकजना युवकले आफ्नो खुट्टामा स्तन प्रत्यारोपण गराए । क्यानडाका लेन जेन्सन नामका व्यक्तिले आफ्नो खुट्टामा स्तन प्रत्यारोपण गरेका हुन् ।
केही समय पहिले इन्टरनेटमा सनसनी मच्चाएको यो खबर तथा दृश्यहरु हेर्दैमा आङ सिरिंग हुन्छ । उनले खुट्टामा एक युवतीको टाटु बनाएका छन् । उक्त टाटु चित्रकी युवतीको छातिमा भने प्रत्यारोपण गरेर साँच्चीकै स्तन बनाएको छ ।